Kath khabar
अब जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने

 

                जुम्ला, जेठ  २६ । यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन्। जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ।

विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएर मात्र विवाह गर्नुपर्ने छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए।

पालिकाका ९ वटै वडालाई परिपत्र समेत गरिएको छ। पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ। बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ। वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ।

बाल विवाह न्यूनीकरण गर्न तिला-६ लाई बाल विवाह मुक्त वडा घोषणा समेत गरिएको छ। देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए। पालिकाका सबै वडालाई बाल विवाह मुक्त गर्न लागिपरेको उनको भनाइ छ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशन समेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update