काठमाडौं, जेठ २८ । जुन १४ देखि २२ सम्म मल्दिभ्समा हुने पाँच राष्ट्र सम्मिलित पुरुष बास्केटबल प्रतियोगिताका लागि नेपालको टोलीको घोषणा भएको छ ।
नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत १२ सदस्यी टोली घोषणा गरेको हो । टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापकमा सुशील गुरुङ छन् । प्रतियोगिताका लागि टोलीले एक महिनादेखि अभ्यास गरिरहेको छ ।
च्याम्पियनसिपमा माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता छ । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष २ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । यसैगरी संघले लिनिङ मुख्य प्रायोजकका रूपमा टोलीसँग जोडिएको जनाएको छ ।
नेपाली टोली :
सदिश प्रधान (कप्तान), विनोद महर्जन, विजय बुर्जा, निकेश राखाल मगर, आयुष सिंह, दिवेश्वर शाह, मविन्द्र भण्डारी, अजय कुशवाहा, निश्चल महर्जन मनिष केसी, आशिम श्रेष्ठ, श्रेयस बहादुर शाह