खेलकुद
च्याम्पियन्स लिगको उपाधि पहिलो पटक म्यानचेस्टर सिटीलाई
म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ । जितसंगै म्यानचेस्टर सिटीले एकै सिजन ‘ट्रेबल’ उपाधि जितेको छ । यो सिजन सिटीले 'प्रिमियर लिग' र 'एफए' कपको उपाधि जितेको थियो
स्तानबुल, जेठ २८ । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । शनिबार राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई १-० ल पराजित गर्दै म्यानचेस्टर सिटीले पहिलो पटक उपाधि जितेको हो ।
टर्कीको स्तानबुलमा भएको खेलमा सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरे । उनले खेलको ६८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल म्यानचेस्टर सिटीले १-० ले जित्दै पटक उपाधि जित्यो । म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ । जितसंगै म्यानचेस्टर सिटीले एकै सिजन ‘ट्रेबल’ उपाधि जितेको छ । यो सिजन सिटीले 'प्रिमियर लिग' र 'एफए' कपको उपाधि जितेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय