Kath khabar
नेप्सेमा पुरै हरियाली, सूचक तथा कारोबार रकम उच्च अंकले बढ्यो

 

                     काठमाडौं, जेठ २८ । नेप्सेमा पुरै हरियाली छाएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से सुचक तथा कारोबार रकम दुबै नै उच्च अंकले बढेको छ ।

नेप्से आज ४० दशमलव ४८ अंकले बढेर १९ सय ८० दशमलव शून्य नौ अंकमा पुग्दा सेन्सिटिभ छ दशमलव १० प्रतिशतले बढेर तीन सय ७० दशमलव ५२ अंकमा पुगेको छ । आज दुई सय ७५ वटा कम्पनीहरुको ६१ हजार चार सय ५० पटकको कारोबारमा ९५ लाख २८ हजार दुई सय ५५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ रुपैयाँ ९१ पैसा पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सिटी होटल लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई व्यालेन्स फण्ड–१, मन्दाकिनी हाइड्रो पावर कम्पनी, अपर हेवाखोला हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरुको सुचीमा भने नागरिक लगानी कोष, शिवम् सिमेन्ट, नागरिक लगानी कोष आदि परेका छन ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update