काठमाडौं, जेठ २९ । आजको प्रतिनिधिसभाको बैठक शुरु भएको छ। बैठकमा सोमबार पनि बजेट माथिको छलफल जारी रहने भएको छ ।
सङ्घीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बसेको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफल हुने कार्यसूचि रहेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट माथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि सोमबार पनि रहेको छ । प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै सोमबार लागि सारिएको हो ।
अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोध समेत गरेका छन् ।
बजेट माथि सोमबार पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबार देखि बजेट माथि छलफल शुरु भएको हो ।