खेलकुद
उरुग्वेले पहिलो पटक जित्यो यू-२० विश्व कप
३ पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्ष मुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो । त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो
ब्यूनस आयर्स, जेठ २९ । उरुग्वेले फिफा यू-२० (२० वर्ष मुनि) को विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजो आइतवार राति भएको फाइनलमा उरुग्वेले इटालीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गोल गरे ।
३ पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्ष मुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो । त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो ।
२० वर्षमुनिको विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेको छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १४:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय