Kath khabar
नेप्सेमा सुधार जारी : सात अंकले बढ्दा दुई अर्ब ८८ करोडको शेयर किनबेच



               काठमाडौं, जेठ २९ । नेप्से बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार पनि सात दशमलव ७९ अंकले बढेर १९ सय ८७ दशमलव ८७ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ८३ अंंकले बढेर तीन सय ७३ दशमलव ३५ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ८५ वटा कम्पनीहरुको ४९ हजार नौं सय ४४ पटकको कारोबारमा ७४ लाख ५४ हजार सात कित्ता शेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ८८ करोड ६५ लाख नौं हजार चार सय १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक जीवन बीमा, उत्पादनमूलक, होटल तथा पर्यटन, लघुवित्त र अन्य सहितका छ वटा समुहहरूको सूचक बढेपनि विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, फाइनान्स, लगानी, सामूहिक लगानी कोष ट्रेडिङ सहितका सात वटा समुहहरूको सूचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज अभियान लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सिटी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने प्रभु स्मार्ट फण्ड , सिटिजन्स म्युचुअल फण्ड, सयपत्री हाईड्रोपावर लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, शिवश्री हाइड्रो पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update