स्वर्गद्वारी कार दुर्घटनाः तीन बालबालिकासहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत
दाङ, जेठ २९ । प्यूठानको स्वर्गद्वारी मन्दिरबाट फर्कने क्रममा कार दुर्घटना हुँदा तीन बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कारचालक लमही नगरपालिका- ५ का ४९ वर्षीय तारा कुमाल तुलसीपुर- १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका- ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र बालक शिशिर खनाल छन्।
स्वर्गद्वारी नगरपालिका–४ माथिल्लो भिंगरीमा लु१च ६३४५ नम्बरको कार सडकबाट चिप्लिएर कारमा सवार ८ जनाको मृत्यु भएको नेपाल प्रहरीका डिआइजी उमेशराज जोशीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० २१:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय