काठमाडौं, जेठ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा.बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिटमा आज मंगलबार सुनुवाइ हुन लागेको हो ।
सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
रिटमा दुवै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ। यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत माग गरिएको छ।