Kath khabar
गौतमबुद्ध विमानस्थलमा मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज अवतरण

 

                रुपन्देही, जेठ ३० । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने  ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको छ । जहाज डेढ  घण्टा ढिलो अवतरण भएको हो । विमानबाट ३१  जना यात्रु भैरहवा अवतरण भएका छन् ।

नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update