काठमाडौं, जेठ ३१ । क्रिकेटर सन्दीप लामिछाने र ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी–२० क्यानडा २०२३ लिग खेल्ने भएका छन् ।
ऐरी र लामिछाने दुवैलाई हिजो राति ड्राफ्टमार्फत क्रमशः मोन्ट्रियल टाइगर्स र सरे जागुअर्सले छानेका थिए । लामिछानेले अघिल्लो दुवै संस्करणमा ग्लोबल टी-ट्वान्टी लिग क्यानडा खेलिसकेका छन् । एक पटक मोन्ट्रियल टाइगर्सका लागि र अर्को टोरन्टो नेसनल्सबाट।
लामिछानेको टोलीमा एलेक्स हेल्स, इफ्तिखार अहमद, जेसन बेहेरेन्डर्फ र लिटन दास जस्ता स्टार खेलाडी छन् । त्यस्तै, ऐरीले शाकिब अल हसन, आन्द्रे रसेल, क्रिस लिन र कार्लोस ब्राथवेटसँग खेल्नेछन् ।
सोमपाल कामीले पनि प्रतियोगिताको पहिलो संस्करण खेले र भ्यानकुभर नाइट्सबाट उपाधि जितेका थिए । ग्लोबल टी–ट्वान्टी क्यानडाको तेस्रो संस्करण जुलाई २० देखि अगस्त ६ सम्म खेलिनेछ।
ऐरी र लामिछाने दुबै नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग जिम्बावेमा १८ जुनबाट सुरु हुने विश्वकप छनोटका लागि छन् ।