राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज
काठमाडौं, जेठ ३१ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएका राष्ट्रपति पौडेललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मुटुमा समस्या देखिएपछि मंगलबार बिहान ११ बजे उहाँलाई बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० ११:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय