काठमाडौं, जेठ ३१ । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पनि १६ दशमलव ४२ अंकले बढेर दुई हजार ३७ दशमलव शून्य छ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिभि पनि तीन दशमलव ८२ अंकले बढेर तीन सय ८३ दशमलव ६९ अंकमा कायम रहन सफल भएको छ ।
नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ७९ हजार चार सय ६१ पटकको कारोबारमा एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब एक करोड ७८ लाख सात हजार छ सय ८२ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, जीवन बीमा, जलविद्युत, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ सहितका सात वटा समुहहरुको सूचक बढेका छन् भने विकास बैंक, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लगानी ट्रेडिङ सहितका छ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज खप्तड लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने राष्ट्रिय बीमा कम्पनी, शुभम् पावर लिमिटेड, राष्ट्रिय बीमा कम्पनी आदिको शेयर मूल्य घटेका छन् । शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको भने आज बढी रकम कारोबार भएका छन् ।