Kath khabar
चोरी गरी ल्याएको मोबाइल र बिँडीसहितको दुइ वटा मोटरसाइकल नियन्त्रणमा



               काठमाडौं, जेठ ३२ । सर्लाही जिल्लाको बसबरिया गाउँपालिका–५ पोखरिया ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले ५ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल र बिँडीसहितको दुइ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३६ थान मोबाइल र ४ बोरा बिँडी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराले नियन्त्रणमा लिएको हो । सामान ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामानसहित मोटरसाइकल छाडी फरार भएका थिए ।

नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update