Kath khabar
नेप्से पाँच अंकले बढ्दा तीन अर्ब १६ करोडको शेयर किनबेच



                 काठमाडौं, जेठ ३२ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार भने सामान्य अंकले मात्र बढेको छ । नेप्से आज पाँच अंकले बढेर दुई हजार ४२ दशमलव सात अंकमा पुग्न सफल भएको छ । सेन्सिटिभ भने आज शून्य दशमलव ३० अंकले घटेर तीन सय ८३ दशमलव ३९ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ५२ हजार आठ सय १४ पटकको कारोबारमा ७८ लाख ९६ हजार चार सय ७८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब १६ करोड २८ लाख १० हजार आठ सय ४३ रुपैंयाँ ५८ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, विकास बैंक, फाइनान्स, लगानी, लघुवित्त ट्रेडिङ सहितका सात वटा समुहहरुको सूचक घटेका छन् भने जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिटी होटल लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, कालिका पावर लिमिटेड, बलेफी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update