Kath khabar
बालेनको चेतावनीपछि भारतीय निर्माण पक्षले हटायो ‘आदिपुरुष’ को विवादित संवाद

 

                  काठमाडौं, असार १ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सम्वाद निर्माण पक्षले हटाएको जनाएको छ।

धार्मिक कथामा आधारित ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित (बीप) गरिएको हो।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सो संवाद नसच्याइएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए । चलचित्र बोर्डले पनि उक्त विषयलाई लिएर नेपालमा सेन्सर रोकेको थियो ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाकाअनुसार मेयर बालेनको चेतावनीपछि फिल्मबाट उक्त संवाद हटाइएको हो । आज शुक्रबारदेखि प्रदर्शनमा आउने भनिएको उक्त चलचित्रको आज बिहानी शो भने रोकिएको थियो । चलचित्रमा प्रयोग भएको उक्त संवादका विषयमा भारतीय पक्षको चौतर्फी आलोचना भएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update