खेलकुद
फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो
नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ । प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ
माले, असार १ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
मालेमा बिहीबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६६-६२ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भूटानसँग पराजित भएको थियो ।
नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ । प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय