Kath khabar
असिम शाहले संसदमा भने - सरकार सास दबाएर बसेपछि कोही न कोही बोल्नुपर्थ्यो, बालेन बोले सही गरे (भिडियो)


                   काठमाडौं, असार १ । सांसद असिम शाहले भारतले नेपालको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि निरन्तर आक्रमण गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा आज शुक्रबार बोल्दै सांसद असिम शाहले नेपाली जनताको आत्मसम्मान र भावनामा चोट पुग्नेगरी भारतीय पक्षबाट विभिन्न समयमा आक्रमण हुने गरेको र अहिले भारतीय चलचित्र आदिपुरुषमा नेपालका राष्ट्रिय विभूति सीता भारतमा जन्मेको भन्ने कुरा राखिएकाले यसबारे सरकारको आधिकारिक धारणा आउनुपर्ने बताए ।

सांसद शाहले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भने - ‘चलचित्र आदिपुरुषको कुरा मात्र होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनिएको छ, कहिले सिता उताको भनिएको छ। कहिले कहिले कालापानी–लिम्पियाधुरा हाम्रो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ। हाम्रो इतिहास माथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ की यसले हाम्रो चित्त दुख्छ भनेर। हाम्रो स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर। सरकारले सास दबाएर बसेपछि कोही न कोहीले कुनै न कुनै बेला बोल्नुपर्थ्यो बालेनले बोले सही गरे।’

 

 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update