Kath khabar
स्टार खेलाडी रोनाल्डोको कारण कोकाकोलाले ब्येहार्यो र्अबौँको घाटा, कसरी त ?

काठमाडौं, असार २। विश्व स्टार रोनाल्डोको कप्तानीमा पोर्चुगलले हंगेरीमाथि तीन सुन्य गोलको शानदार जित हात पार्दै युरोकपमा बिजयी सुरुवात गरेको छ । सोही खेल अघिको पत्रकार सम्मेलनमा राखिएको कोकाकोलाको बोतललाई उहाँले हटाएपछि कोकाकोलाको शेयर बजारमा भारी गिरावट आएको छ । अर्थात कोकाकोलालाई चार अर्बको घाटा लागेको छ ।

कोकाकोला जारी युइएफा युरोकपको आधिकारिक प्रायोजक कम्पनी हो । हरेक खेलको पत्रकार सम्मेलनमा कोकाकोलाको बोतल र पानी राखिने गरिन्छ । उहाँले कोकाकोलाको बोतल आग्बा (पानीको पोर्चुगिच शब्द) उच्चारण गरि कोकाकोलाको बोतल क्यामेराको फेर्मभन्दा बाहिर राख्नु भएको थियो र पानी स्वास्थ रहेको इंगीत गर्नुभएको थियो । रोनाल्डो कोका कोला, बियर, जस्ता अन्य मादक पदार्थको सेवन गर्नु हुन्न । यस्ता कुराहरुले शरिरमा मोटोपना बढाउने, अस्वस्थ हुने उहाँको बुझाँइ छ ।

घरमै आफ्नो छोरा छोरी पनि उहाँले चोकलेट नभइ फलफुल खानमात्र सुझाव दिनुहुन्छ । उहाँले कोकाकोला भन्दा पनि पानीको प्रदवद्र्धन गर्न खोजको सो घटनाबाट प्रष्ट हुन्थ्यो । कुनै ठोस वाक्य नबोली उहाँले कोकाकोला भन्दा पानी पिउन आग्रह गुर्न भएको हो। मंगलबार साँझ देखि समाजिक सञ्जालमा भाइरल भएको सो भिडियोले एक दिनमै कोकाकोला कम्पनीले चार अर्ब अमेरिकी डलर बराबरको शेयर मूल्य गुमाएको छ ।

यस अघि प्रति कित्ताको मूल्य ५६ दशमलव १० डलरमा किनबेच हुनगरेको शेयरको २४ घण्टामा घटेर ५५ दशमलव २२मा पुगेको अर्थात कोकाकोलाको शेयरको मूल्य २ सय ४२ अर्बबाट २ सय ३८ अर्बमा झरेको हो । सो घटना चौबिस घण्टामा कोकाकोलाले चार अर्ब भन्दा बढिको घाटा व्येहोरेको हो। सो घटना पछि कोकाकोलाले एक विज्ञप्ती नै सार्वजनिक गरेको थियो । उसले सबैले आफ्नो आवश्यक्ता अनुसार पेय पदार्थ रोज्न उक्त विज्ञप्तीमा उल्लेख छ । तर पनि १९८८ देखिको स्पोनसर युरो कपको स्पोनसर कोकाकोलाको मुल्य घट्ने क्रम जारी छ ।  

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update