शरणार्थी प्रकरणः पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश
काठमाडौं, असार १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल‚सानु भण्डारी, टेकनाथ रिजालसहित १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
थुनछेक बहसपछि २ जना लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ । पुर्पक्षमा जेल चलान भएकाहरु अब मुद्दाको किनारा नलाग्दासम्म कारागारमै रहनेछन् । यस प्रकरणमा मुछिएका १२ जना भने अझै फरार छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० २१:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय