Kath khabar
नेपाल सिधै एसियन कपको छनौटको तेस्रो चरणमा

काठमाडौं, असार २ । नेपाल चीनमा आयोजा हुने एसिया कप २०२३ कप छनौटको तेस्रो चरणमा प्रवेश गरेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले छनौट प्रक्रियामा परिमार्जन गरे सँगै नेपालले एसियन कप छनौटको तेस्रो स्थान बनाएको छ । एएफसीको नयाँ प्रक्रिया अनुसार नेपालले प्ले अफ खेल्न नपर्ने भएको हो । विश्वकप छनौट र एसियन कप छनौट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौथो स्थानमा रहेको थियो । नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने संभावना समाप्त भइसकेको छ ।

छनोट चरणको ८ खेल खेल्दा २ मा  जित, ६ मा पराजय ब्येहोरेको थियो । यस अघि छनोटको चौथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले प्ले अफ खेल्ने नियमलाई हटाएको हो । तेस्रो चरणको छनौटमा २४ टिमको सहभागिता रहनेछ । प्ले अफमा चाईनिज ताईपे, इन्डोनेसिया, कम्बोडिया र गुमाआमले खेल्नेछन् । शीर्ष दुई टिमले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update