काठमाडौं, असार ३ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज आईतबारबाट सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आज नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ ।
जिम्वाबेको राजधानी हरारेमा हुन गइरहेको प्रतियोगितामा नेपालले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त राष्ट्रको रुपमा सहभागिता जनाउँदै छ । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ ।
नेपालले दोस्रो खेल यहि असार ५ गते अमेरिकासँग खेल्नेछ भने असारकै ७ गते वेष्ट इन्डिज विरुद्ध प्रतिस्पर्धा गर्नेछ । ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छन् ।
समूह ए : नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका
समूह बी : श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई
नेपालको टोली
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।