Kath khabar
बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

 

                  काठमाडौं, असार ३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

उहाँले बेपत्ताहरुको खोजी, उद्धार एवं प्रभावितलाई राहत वितरणको काममा सक्रियता पूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । बाढी पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको छ । 

पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा एकै घरका ३ जनासहित ४ जना बेपत्ता भएका छन् । यस्तै, बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने  १६ जना मजदुर बेपत्ता भएका छन् भने हेवा खोलामा आएको बाढीमा परेर पाँचथरमा ६ जना बेपत्ता भएका छन् । 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update