मूल्य नपाएपछि कालीमाटीको सडकमा फ्याँकियो गोलभेँडा
काठमाडौं, असार ३ । कालीमाटीको सडकमा किसानहरूले गोलभेँडा फालेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले आइतबार बिहान उचित मूल्य नपाएपछि सडकमै गोलभेँडा फालेका हुन् ।
४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएपछि किसानहरुले आज बिहान गोलभेडा फालेर आन्दोलन गरेका छन् । कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा प्रतिकिलो ४० रुपैयाँमा ब्रिकी भइरहदा नेपाली गोलभेँडा भने ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।
मूल्य नपाएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन् ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय