Kath khabar
आईसीसी एकदिवसीय विश्वकप छनोट : टस हारेर नेपाल ब्याटिङमा


                    काठमाडौं, असार ३ । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत जिम्बाब्वेविरुद्धको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ।
 

जिम्बाब्वेका कप्तान क्राइग अर्भिनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । नेपाल ब्याटिङका लागि मैदानमा उत्रिएको छ । टस हारेको नेपाल आफ्नो पहिलो खेलमा जित निकाल्ने लक्ष्यमा रहेको छ।

घरेलु टोली जिम्बाब्वेपनि नेपाललाई पराजित गर्दै जित निकाल्ने लक्ष्यमा रहेको छ। जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल हो । नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ ।

नेपालको प्लेईङ : ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने 

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update