Kath khabar
एकैदिन ५२ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्ब नजिक



                 काठमाडौं, असार ३ । नेप्से एक दिन ५२ अंकले बढेको छ । आज आईतबार नेप्से ५२ दशमलव २६ अंकले बढेर दुई हजार ९४ दशमलव ३३ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि आज सात दशमलव १८ अंकले बढेर तीन सय ९० दशमलव ५६ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा दुई सय ८० वटा कम्पनीहरुको आज ७० हजार छ सय ४७ पटकको कारोबारमा एक करोड २० लाख ९५ हजार नौं सय ६६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ कायम हुन पुगेको छ ।

नेप्सेमा आज वाणिज्य बैंक समुहको सूचक तीन दशमलव ५५ अंकले घटेको छ भने बाँकी समुहहरुको सूचक उच्च अंकले बढेका छन् । ति मध्ये आज बिकास बैंक समुहको सूचक ५० दशमलव १२ अंकले बढेर तीन हजार सात सय ६१ दशमलव १७ अंकमा पुग्दा जीवन बीमा समुहको सूचक पनि छ सय ९४ दशमलव १४ अंकले बढेर ११ हजार पाँच सय ७५ दशमलव ७४ अंकमा चढेको छ ।

निर्जीवन बीमा समुहको सूचक पनि पाँच सय दशमलव ३० अंकले बढेर ११ हजार दुई सय एक दशमलव २३ अंकमा पुग्दा जलविद्युत, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सूचक पनि बढेका छन् । कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मेन्छियाम हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने शुभम् पावर लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update