Kath khabar
भोलिबाट काठमाडौंका सबै हलमा भारतीय चलचित्रको प्रदर्शनमा रोक

 

                काठमाडौं, असार ३ ।  महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र चल्न दिइने छैन ।  

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update