Kath khabar
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य

 

                हरारे, असार ३ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य दिएको छ । 

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए । बलिङ तर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए ।

आजदेखि शुरु भएको विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपाल भन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह 'बी' मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष ३ टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने ३ टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष २ टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update