Kath khabar
विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित


                    हरारे, असार ३ ।  विश्वकप क्रिकेट छनोट खेलमा नेपाल जिम्बावेसँग पराजित भएको छ । आइतबार हरारेको मैदानमा भएको खेलमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको थियो । हरारे स्पोर्टस क्लबको मैदानमा भएको खेलमा जिम्बावेले ४४.१ ओभरमा लक्ष्य पूरा गर्दै नेपालमाथि जित निकालेको हो ।

जिम्बावेको जितमा दुई ब्याटरले शतक प्रहार गरे। क्राग इर्भिन र सिन विलियम्सले शतक प्रहार गरे। एर्विनले १५ चौका र १ छक्का तथा विलियम्सले १३ चौका र १ छक्का प्रहार गरे ।

नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो । नेपालको लागि सोमपाल कामी र गुलशन झाले १/१ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ७७ रन खर्चिए । यस्तै, १० ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ५८ रन खर्चिए ।

समूह ए मा रहेको नेपालले मंगलबार दोस्रो खेल अमेरिकासँग खेल्दैछ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update