कला/मनोरञ्जन
पोखरा महानगरले पनि हिन्दी फिल्म प्रदर्शनमा लगायो रोक
पत्रमा 'आदिपुरुष' मा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ
पोखरा, असार ४ । पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । आइतबार महानगरपालिकाले सिनेमा हलहरूलाई पत्र लेखेर चलचित्र 'आदिपुरुष' मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन भनेको हो ।
पत्रमा 'आदिपुरुष' मा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ ।
काठमाडौं महानगरले पनि सोमबार देखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने भएको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय