कला/मनोरञ्जन
धरानका मेयर हर्क साम्पाङले पनि रोके 'आदिपुरुष' को प्रदर्शन
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिल्म प्रदर्शनमा रोक लगाएका हुन्। 'धरानमा आदिपुरुषको प्रदर्शन नगर्नू होला ! जय देश,' उनले लेखेका छन्
धरान, असार ४ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा भारतीय फिल्म 'आदिपुरुष' प्रदर्शनमा रोक लगाएका छन्।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिल्म प्रदर्शनमा रोक लगाएका हुन्। 'धरानमा आदिपुरुषको प्रदर्शन नगर्नू होला ! जय देश,' उनले लेखेका छन्।
हिजो मेयर बालेनले सोमबार देखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। गत बिहीबार उनले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्यासम्म कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए।
काठमाडौं महानगरभित्र हिन्दी फिल्म प्रदर्शन रोकिएसँगै पोखरा र धरानमा पनि 'आदिपुरुष' प्रतिबन्ध गरिएको छ।
ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा, कृति सेनन सीताको भूमिकामा भने सैफ अली खान रावणको भूमिकामा देखिएका छन्।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय