काठमाडौं, असार ४ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज दुई दशमलव ९४ अंकले घटेर दुई हजार ९१ दशमलव ३९ अंकमा सीमित भएको छ । सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ८२ अंकले बढेर तीन सय ९२ दशमलव ३८ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको ६९ हजार एक सय ६८ पटकको कारोबारमा एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ७४ करोड छ लाख आठ हजार आठ सय ८० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा वाणिज्य बैंक, जीवन बीमा, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त ट्रेडिङ सहितका आठ वटा समुहहरूको सूचक घटेका छन् भने बिकास बैंक, फाइनान्स, लगानी, सामूहिक लगानी कोष र अन्य सहितका पाँच वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सेन्ट्रल फाइनान्स, बिपिडब्लु लघुवित्त वित्तीय संंस्था, मेन्छियाम हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, सुपरमादी हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।