Kath khabar
ललितपुरमा हिन्दी फिल्म रोकिँदैन : मेयर चिरिबाबु महर्जन

 

               ललितपुर, असार ४ । भारतीय फिल्म आदिपुरुष विवादित बनेपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरमा हिन्दी फिल्म नरोकिने बताएका छन् ।

चिरिबाबुले आफ्नो महानगरमा हिन्दी फिल्ममाथि प्रतिबन्ध नलगाइने बताएका छन् । काठमाडौंका मेयरले जे गरे, त्यसलाई सबैले नै पछ्याउनुपर्छ भन्ने आवश्यकता नरहेको उनले बताए । आदिपुरुषले त्रुटि गर्यो भन्दैमा सबै हिन्दी फिल्म रोक्नु गलत भएको महर्जनले टिप्पणी गरे ।

काठमाण्डौं महानगरपालिकाले भने आजदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update