Kath khabar
घोराही सिमेन्टको साधारण शेयरको बिक्री रोकियो, यस्तो छ कारण (पत्र सहित)

 

                 काठमाडौं, असार ४ । घोराही सिमेन्टको साधारण शेयरको बिक्री कार्य अन्तत रोकिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार सूचना जारी गर्दै घोराही सिमेन्ट इण्ड्रष्टीजको साधारण शेयर बिक्री कार्य स्थगन गरेको हो ।

बोर्डको सुपरीवेक्षण विभागले उक्त कम्पनीको शेयर निष्काशन एवं बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड ठमेल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्सालको नाउँमा पत्र काट्दै शेयर बिक्री कार्य तत्कालको लागि स्थगन गर्न भनेको बोर्डले जनाएको छ ।

बोर्डको घोराही सिमेन्टको शेयर निष्काशन एवं बिक्री प्रर्वन्धकलाई लेखेको पत्रमा भनिएको छ, उपयुक्त सम्बन्धमा तहको निष्काशन तथा बिजनिक निष्काशन भएको सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ क्रेडिट रेटिङ्ग नियमावली २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए नभएको बारेमा केयर रेटिङग नेपाल लिमिटेडलाई तीन (३) दिन मित्र स्पष्ट गरी पेश गर्न यही जेठ ३० गते पत्रचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेड हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा मागभन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्ने सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ, बोर्डले पत्र मार्फत भनेको छ ।

कम्पनीले जेठ ३२ गतेबाट कुल ६९ लाख ११ हजार छ सय ७० कित्ता आईपीओ निष्काशन गरेको थियो । उद्योगले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँमा शेयर बिक्री खुला गरेको हो । उद्योगको शेयर बिक्री निष्कासन छिटोमा असार ४ गते र ढिलोमा असार १४ बन्द हुने समय रहेको थियो ।    

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update