Kath khabar
विश्वकप छनोट: आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल


                काठमाडौं, असार ५ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ वाट सुरु हुनेछ । पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हारेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हासिल गर्दै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ ।

यसअघिको पहिलो खेलमा ब्याटिङ राम्रो भए पनि बलिङ र फिल्डिङ भने गतिलो हुन नसक्दा नेपाल पराजित हुन पुगेको थियो । नेपालले आज टोलीमा एक परिवर्तन गर्ने पक्का छ । घाइते तीव्र गतिका बलर सोमपाल कामी आजको खेलमा सामिल हुने छैनन् । उनको स्थानमा स्पिनर ललितनारायण राजवंशी वा एक तीव्र गतिका बलर हुनेछन् । खेलको लाइभ नेपालमा नेट टिभीमा हेर्न सकिनेछ ।

नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी र अर्जुन साउद ।

अमेरिकाको टोली :
मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उप-कप्तान), शयान जहाजिंगर, केंजिगे, अली खान, सुशान्त मोदानी, साईतेजा मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update