Kath khabar
बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई कोशी प्रदेशले राहत स्वरूप १ लाख रुपैयाँ दिने

 

                     पोखरा, असार ५ ।  कोशी प्रदेश सरकारले बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई राहत स्वरूप १ लाख रुपैयाँ दिने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई १ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले यो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update