Kath khabar
नेप्सेमा २६ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै

 

                      काठमाडौं, असार ५ । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से घटेको छ । नेप्से आज २६ दशमलव ५६ अंकले घटेर दुई हजार ६४ दशमलव ८३ अंकमा खुम्चिएको छ ।

सेन्सिटिभ पनि आज चार दशमलव ३६ अंकले घटेर तीन सय ८८ दशमलव शून्य दुई अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय ६८ वटा कम्पनीहरुको ६३ हजार नौ सय ५० पटकको कारोबारमा एक करोड सात लाख ९२ हजार सात सय ४२ कित्ता शेयर किनबेच भएका छन । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब ११ करोड छ लाख छ हजार नौ सय ५३ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहहरूको सूचक पनि घटेका छन् भने उत्पादनमूलक, लगानी र ट्रेडिङ समुहको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिटी होटल लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक, शिवम् सिमेन्ट, नागरिक लगानी कोष, शिवश्री हाइड्रो पावर लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update