Kath khabar
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर राखियो

 

                      काठमाडौं, असार ५ । मुटुसम्बन्धी समस्याबाट पीडित राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार राष्ट्रपतिको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको छ ।

मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको बताइएको छ । गत शनिबार अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेलको मुटुको धड्कन अस्थिर भएपछि पेसमेकर राखिएको हो ।

पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ। छातीमा मुटुमाथि राखिने सानो यन्त्र पेसमेकरले मुटुको धड्कनलाई प्रतिमिनेट तोकिएको मात्रामा धड्कन सहयोग गर्छ। पेसमेकर राखेपछि सामान्यतया यो १० वर्ष चल्छ। त्यसपछि ब्याट्री फेर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update