काठमाडौं, असार ५ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपाल र अमेरिकाबीचको जारी खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनायो ।
अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । विकेटकिपर ब्याट्सम्यान जहांगिरले आक्रामक पाली खेल्दै ७९ बलको सामना गरी तीन छक्का र १० चौका पनि प्रहार गरे ।
बलिङमा नेपालका लागि करण केसीले ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट लिए ।
स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा अमेरिकाविरुद्ध पहिलो पटक लगातार दुई खेलमा सन्दीप विकेट विहीन बनेका छन् । ४५ ओडिआई खेल खेल्दा सन्दीप पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन बनेका हुन् ।