Kath khabar
एकदिवसीय विश्वकप छनोट : नेपालले अमेरिकालाई ६ विकेटले हरायो

 

                काठमाडौं, असार ५ । आईसीसी विश्वकप २०२३ को छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।   भीम सार्कीले नटआउट ७७ रन बनाए  । नेपालले ४३ औं ओभरमा ४ विकेटको क्षतिमा दिएको २०८ रनको विजयी लक्ष्य पार गरेको हो । उद्घाटन खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएपछि नेपालको यो छनोटमा पहिलो जित हो।

प्रतिद्वन्द्वीलाई ५० ओभरमा २०७ रनको बराबरीमा सीमित गरेको मामूली लक्ष्य पछ्याएको नेपालले २६औं ओभरमा ३ विकेट गुमाएर १ सय १२ रन मात्र बनाएको थियो । तर, भीम सार्की र दीपेन्द्रसिंह ऐरी ९३९० बीचको पाँचौं विकेटका लागि ४९ बलमा ५० रनको अतुलनीय साझेदारीले नेपाललाई जित दिलायो ।

कुशल भुर्तेलले पनि ३९, आसिफ शेख, कप्तान रोहित पौडेल र कुशल मल्लले क्रमशः १२, १६ र १३ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अमेरिकालाई निर्धारित ५० ओभरमा २०७ रनमा सीमित गरेको थियो । बलिङतर्फ करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन दिएर ४ विकेट लिए । यसले उनलाई प्लेयर अफ दि म्याचको अवार्ड पनि दिलायो । गुलशन झाले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए ।

खराब सुरुवातपछि अमेरिकाले शायान जहाँगीरको तेज शतकमा ७९ बलमा ३ छक्का र १० चौका सहित १०० रन बनाएर सम्मानजनक स्कोर बनाउन सफल भयो । जहाँगीर अमेरिकाका लागि दोहोरो अंकमा रन बनाउने चार ब्याट्सम्यानमध्ये एक थिए।

नेपालले अब जुन २२ मा वेस्ट इन्डिजसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसहित नेदरल्याण्ड्स पाँचौं टोली हो । आयोजक जिम्बाब्वे ४ अंकसहित शीर्ष स्थानमा छ भने वेस्ट इन्डिज २ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल २ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update