Kath khabar
बझाङ जीप दुर्घटना अपडेट : सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु


                   बझाङ, असार ५ । बझाङमा भएको गाडी दुर्घटनामा परि घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।

मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बेलुकी ५ः३३ बजे मृत्यु भएको ‍‍‍ प्रहरीले जनाएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेको छ ।

मन्त्रीसहित पाँच जना सवार गाडी मंगलबार दिउँसो करिब १ :४५ बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ झारछडामा दुर्घटना भएको थियो । तीव्र गतिमा रहेको मन्त्री सवार गाडी देउरा र बागथलाको सडक खण्डबाट करिब ५० मिटर तल खस्दा मन्त्री सिंह चढेको गाडी कच्याककुचुक भएको स्थानीय बासिन्दाले बताएका छन् ।

गाडीका चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीका सुरक्षा गार्ड दीपेन्द्र भण्डारी रहेका समेत घाइते भएका छन् । घाइते मध्ये भण्डारीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update