Kath khabar
पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण


                 पोखरा, असार ५। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ ।

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष (जनवरी १, २०२३) बाट सञ्चालनमा आएको यस विमानस्थलमा चीनको छेन्दु–तियान्फु विमानस्थलबाट पहिलो उडान भएको हो । जहाज बुधबार ९ः०६ बजे पोखरा विमानस्थल अवतरण गरेको हो ।

चीनबाट उडेको एयरलायसन्सले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २ हजार किलोमिटरको दुरी तय गरेको उक्त जहाज काठमाडौँको आकाश हुँदै पोखरा पुगेको हो । करिव एक घण्टा पोखरा विमानस्थलमा होल्ड हुने उक्त जहाज आजै काठमाडौं हुँदै चीन फर्किनेछ ।

चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा झरेका हुन् । उनीहरुलाई पर्यटनमन्त्री सुदन किराती लगायतले स्वागत गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update