Kath khabar
नेप्सेमा उच्च गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै


                 काठमाडौं, असार ६ । नेप्से उच्च अंकले घटेको छ । आज बुधबार नेप्से १४ दशमलव पाँच अंकले घटेर दुई हजार ५० दशमलव ७८ अंकमा सिमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव शून्य तीन अंकले घटेर तीन सय ८६ दशमलव ११ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ७१ वटा कम्पनीहरुको ५९ हजार आठ सय १३ पटकको कारोबारमा ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० रुपैंयाँ ७८ पैसा कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेका छन् भने होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमूलक र ट्रेडिङ समुहको सूचक बढेका छन् ।

कारोबार भएका कम्पनीहरु मध्ये आज सिटी होटल लिमिटेड, सोल्टी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने ग्रीन भेन्चर लिमिटेड, खप्तड लघुवित्त वित्तीय संंस्था, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सोल्टी होटल लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update