इटाली, असार ३ । इटाली युरोकपको अन्तिम १६ प्रवेश गरेको छ । स्वीट्जरल्याण्डमाथि तीन सुन्य गोलको शानदार जित हात पारेको इटालीले लगातार दुई खेलमा जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेको हो । जारी युरोकपमा अन्तिम १६ मा प्रवेश गर्ने इटाली पहिलो टिम समेत बनेको छ ।
इटालीको रोममस्थित स्तेडियो ओलम्पिकोमा भएको खेलमो पहिलो हाफमा उसले एक सुन्यको अग्रता बनाएको थियो । २६ औँ मिनेटमा म्यानअल लोकाटेलीले गोल गर्नुभएको हो । त्यस अघि १९ ओँ मिनेटमा इटालीका कप्तान जर्जियो केलिनीले गर्नुभएको गोल रेफ्रीले मान्यता दिएन । दोस्रो हाफमा इटालीले दुई गोल थप्यो । ५२ औँ मिनेटमा लोकेटेलीले व्यक्तिगत दोस्रो गोल गरि टिमको अग्रतालाई दोब्बर बनाउनु भयो । ८९ औँ मिनेटमा इम्मोबोलले टिमका लागि तेस्रो गोल गरि इटालीको तीन सुन्य गोलको जित सुनिश्चित बनाउनु भयो । रोर्बटो मान्सिनीको टिम इटाली २९ खेल यता अपराजित छ ।