Kath khabar
विश्वकप छनोट : नेपाल आज वेस्ट इन्डिज विरुद्ध भिड्दै

 

           काठमाडौं, असार ७ । आईसीसी पुरुष एकदिवसीय विश्वकप अन्तर्गत तेश्रो खेलमा नेपालले आज बिहीबार वेस्ट इण्डिजको सामना गर्दैछ ।

जिम्बाब्बेमा जारी विश्वकप क्वालिफायर्सको तेश्रो खेलमा आज नेपालले वेस्ट इण्डिजको सामना गर्न लागेको हो । हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समयानुसार मध्यान्ह १२ः४५ बाट शुरु हुनेछ । दुवै टोली दोस्रो जीत निकाल्दै सुपर सिक्सको सम्भावना जोगाउने दाउमा हुनेछन् । 

नेपालको ओपनिङ जोडिका रुपमा कुशल भुर्तेल र आशिफ शेखको जोडि नै कायम रहने प्रवल सम्भावना रहेको छ ।
आजको खेलमा नेपालले टोलीमा कुनैपनि परिवर्तन गर्ने सम्भावना छैन । जिम्बावेसँग ९९ रनमा आउट भएका ओपनर कुशल भुर्तेल राम्रो लयमा छन् । नेपाल ओपनर आसिफ शेख र कुशलबाट उत्कृष्ट सुरुवात चाहन्छ ।

नेपालको स्पिनरमा ललित नारायण राजवंशी र सन्दीप लामिछाने हुनेछन् । ललितले नयाँ बलका साथ विकेट लिँदै आएका छन् । सन्दीप पछिल्ला दुई खेलमा विकेट विहीन छन् ।

चारपटक विश्वकपको उपाधि जितेको वेस्ट इन्डिज आईसीसीको एकदिवसीय वरीयतामा १०औं स्थानमा छ । यस्तै नेपाल भने १४औं स्थानमा छ । वेस्ट इन्डिज आज खेलेपछि नेपालले अन्तिम खेल २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

दुई मध्ये एक खेलमा जित निकाल्न सकेको अवस्थामा नेपालको सुपर सिक्स सम्भावना हुनेछ। पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

नेपालको सम्भावित प्लेईङ-११
रोहित पौडेल (कप्तान) ,आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update