काठमाडौं, असार ७ । आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।
जिम्बाब्बेस्थित हरारे स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ्ग रोजेका छन् । विश्वकप क्वालिफायर्सको तेश्रो खेलमा नेपालले आज (बिहीबार) वेस्ट इण्डिजको सामना गर्न लागेको हो ।
पहिलो खेलमा जिम्बावेसँग पराजित भएपनि दोस्रो खेलमा अमेरिकालाई पराजित गरेकाले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम छ । वेष्टइन्डिजलाई पराजित गरे नेपाल सुपरसिक्समा पुग्ने सम्भावना बलियो हुन्छ । नेपालले टिममा कुनै पनि परिवर्तन गरेको छैन ।
नेपाल प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख (विकेट), भीम सार्की, रोहितकुमार पौडेल (क), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी