Kath khabar
इतिहास पढ्ने मात्र होइन रच्ने विषय पनि हो -  रास्वपा सभापति रवि लामिछाने


                 काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्ने मात्र नभई रच्ने विषय पनि भएको बताएका छन् ।

रास्वपाको पहिलो स्थापना दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत उनले ‘होइन, छैन र सकिँदैन’ मात्र भनेर बस्न नहुने बताएका छन्। 

'रास्वपा एक वर्षको हुँदा हिजोको जग खडा गर्नु हुने सिधाकुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु, न्युज २४ र र ग्यालेक्सी टेलिभिजनलाई सम्झन चाहन्छु। पार्टी स्थापनाका दिन देखि जोडिएर आज सम्म जोडिदै गर्नु हुने सम्पुर्णलाई सम्झन चाहन्छु। 'अघि बढी रहुँ, म साथमा छु' भनेर घरबाटै हिम्मत दिने अर्धाङ्गिनी निकितालाई सम्झन चाहन्छु', लामिछानेले भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा झण्डोत्तोलन गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायत स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई रास्वपाको ढोका खुला रहेको पनि बताएका छन्।

यस्तै लामिछानेले आज साँझ ७ बजे, ७ प्रदेशका ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

कार्यक्रममा पूर्वबैंकर अनिलकेशरी शाहलाई पनि प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिँदै रास्वपा प्रवेश गराएका छन्।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update