बेलायत, असार ३ । वेल्स युरोकप फुटबलको अन्तिम १६ नजिक पुगेको छ । वेल्सले र्टकीलाई दुइ सुन्य गोलले हराउँदै अन्तिम १६ को यात्रा बलियो बनाएको हो । निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा वेल्सले अग्रता बनाएको थियो । खेलको सुरुवातीमै अग्रता बनाउने मौका गुमाएका आरोन राम्सेले ४३ औँ मिनेटमा गोल गर्न सफल हुनुभएको थियो । ग्यारेथ वेलले दिएको पासमा उहाँले वेल्सको अग्रता बनाउनुभएको हो । दोस्रो हाफको ६१ ऋौँ मिनेटमा वेलले अग्रता बनाउने मौका गुमाउनुभएको थियो ।
जेकी सिलिचले डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा बेलले गोल गर्न सक्नु भएन । उहाँले गरेको प्रहार पोष्ट माथीबाट बाहिरिएको थियो । युरोकपमा पेनाल्टी पोष्ट भन्दा निकै बाहिर प्रहार गर्ने बेल दोस्रो खेलाडी बन्नु भएको छ । सन् २००० मा स्पेनका राउलले फ्रान्सविरुद्धको खेलमा पेनाल्टी यसरी नै बाहिर हान्नु भएको थियो ।
एक गोलले पछि परेको अवस्थामा टर्कीले पनि तीन वटा उत्कृष्ट मौका खेर फाल्यो । उसले पाएका मौकामा बारम्बार असफल बन्यो । तर खेलको इन्जुरी समयको चौथो मिनेटमा रोबर्टसले गोल गर्दै टिमलाई दुई शुन्यको जित दिलाउनुभयो । उहाँलाई पनि बेलले नै पास दिनुभएको हो ।
जितपछि वेल्सले प्रिक्वाटरफाइनलको यात्रा निकै बलियो बनाएको छ । दुई खेलमा चार अंक बनाएको वेल्सले पहिलो खेलमा स्विस टिमसँग एक एक गोलको बराबरी खेलेको थियो । यता यो हारपछि टर्की प्रतियोगिताबाट लगभग बाहिरीएको छ । उसले पहिलो खेलमा इटालीसँग तीन शुन्यले हारेको थियो ।
युरोकपमा रुसको पहिलो जित
युरोकपमा रुसले पहिलो जित हात पारेको छ । समूह बी अन्तर्गत गएराती फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो तीन अंक जोड्न सफल भएको हो । उसले पहिलो खेलमा बेल्जियमसँग ३–० गोल अन्तरले पराजित ब्येहोरेको थियो । पहिलो हाफको इन्जुरी समयमा एलेक्सी मिरान्चुकले गोल गर्नु भएको थियो । सोही गोलनै युरोकपमा उसलाई पहिलो जित निकाल्न पर्याप्त बन्यो ।