Kath khabar
सामान्य अंकले बढ्यो नेप्से, नौं वटा समुहले गुमाउँदा चार वटा समुहले कमाए



               काठमाडौं, असार ७ । नेप्से सामान्य अंकले बढेको छ । आज बिहीबार नेप्से चार दशमलव ७५ अंकले बढेर दुई हजार ५५ दशमलव ५३ अंकमा पुग्न सफल भएको छ ।

सेन्सिटिभ भने आज शुन्य दशमलव ३० अंकले घटेर तीन सय ८५ दशमलव ८१ अंकमा खुम्चिन पुगेको छ । नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको ५६ हजार पाँच सय ५६ पटकको कारोबारमा ८० लाख आठ हजार दुई सय ४६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, विकास बैंक, फाइनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ सहितका नौं वटा समुहहरूको सूचक बढेक घटेका छन् भने जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन र अन्य सहितका चार वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज तारागाउँ रिजेन्सी होटल, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, सिटी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिटिजन्स म्युचुअल फण्ड १, इङवा हाइड्रोपावर कम्पनी लिमिटेड, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा सोल्टी होटल लिमिटेड, नागरिक लगानी कोष आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update