काठमाडौं, असार ७ । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई ३ सय ४० रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले साई होप र निकोलस पुरनको शतकमा सात विकेट गुमाउँदै ३३९ रन बनाएको हो । होपले १२९ बलमा १३२ रन बनाए भने पुरनले ९४ बलमा ११५ रन बनाए । नेपालका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए।
वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनमा आउट भए । उनी अन्तिम ओभरको दोस्रो बलमा स्पिनर ललितको बलमा भीम सार्कीबाट क्याच आउट भए । यो उनको ओडिआई करिअरको १५ औं शतक हो ।
गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काए । सन्दीपले ३२ रनमा ब्रेन्डन किंगलाई बोल्ड आउट गरेका थिए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले एक एक विकेट लिए।